३१ जेठ २०८३, आइतबार

विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

साउन १३, २०८२
उदयपुर
विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिकामा विद्युत पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको ज्यान गएको छ।

नेपाल विद्युत प्राधिकरण गाईघाटमा कार्यरत ४५ वर्षीय रामकृष्ण राजधामीको मङ्गलबार साँझ करेन्ट लागी मृत्यु भएको हो। त्रियुगा नगरपालिका–८, बागचौरीस्थित विद्युत पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा दिउँसो करिब ५:३० बजे उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घाइते अवस्थामा तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर अस्पताल पुर्याएको करिब ४० मिनेटपछि, साँझ ६:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्