०७ असार २०८३, आइतबार
मौसम पूर्वानुमान

मनसुनी प्रणाली फेरि कमजोर, देशभर छैन ठूलो पानी पर्ने सम्भावना

साउन १४, २०८२
काठमाडौं
मनसुनी प्रणाली फेरि कमजोर, देशभर छैन ठूलो पानी पर्ने सम्भावना

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा दिउँसो चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कतै ठूलो पानी पर्ने सम्भावना भने छैन । मनसुनी प्रणाली कमजोर भएपछि ठूलो पानी नपर्ने भएको हो । 

आज राति देशका पहाडी भूभागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।  

गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
 

salt training

कमेन्ट गर्नुहोस्