
चीनमा बच्चा जन्माएबापत सरकारले आमाबाबुलाई १५०० डलर दिने निर्णय भएको छ । जन्मदरमा निरन्तर कमी आएको कारण सरकारले यो कदम चालेको हो ।
चाइना डेलीको रिपोर्ट अनुसार, बच्चा जन्माएपछि सरकारले लगातार ३ वर्षसम्म आमाबाबुलाई वार्षिक ३६०० युआन दिनेछ।
चीनको २१ प्रतिशत जनसंख्या ६० वर्षभन्दा माथिको छ । चीनले लगभग एक दशकअघि आफ्नो विवादास्पद एक बच्चा नीति समाप्त गरेको थियो, तर यसको बावजुद जन्मदर घट्दै गइरहेको छ।
विश्वका ठूला देशहरूमध्ये चीनमा सबैभन्दा कम जन्मदर छ र यो निरन्तर घट्दै गइरहेको छ। २०१६ मा, चीनमा १.८ करोड बच्चाहरू जन्मिएका थिए। २०२३ मा, यो संख्या घटेर ९० लाख पुगेको थियो ।
केवल ७ वर्षमा, चीनमा बच्चा जन्माउने दर ५० प्रतिशतले घटेको छ ।
तीन वर्ष मुनिका बालबालिका भएका अभिभावकहरूलाई सरकारले प्रत्येक वर्ष नगद रकम दिनेछ। यो योजना जनवरी १, २०२५ देखि लागू हुनेछ। यसमा तीन वर्ष मुनिका बालबालिकाहरू पनि समावेश हुनेछन्।
चिनियाँ नागरिकता भएका बालबालिकाहरूलाई तीन वर्ष नपुगुन्जेल प्रति वर्ष ३ हजार ६०० युआन (लगभग ५०० अमेरिकी डलर) दिइनेछ।