
काठमाडौंमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका- ६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
रमेशलाई ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।