२३ जेठ २०८३, शनिबार

ल्हेन्दे खोलामा बाढी आएपछि स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द

साउन १४, २०८२
रसुवा
ल्हेन्दे खोलामा बाढी आएपछि स्याफ्रुबेँसी-रसुवागढी सडक फेरि बन्द
फाइल तस्वीर

नेपाल-चीन सिमानामा अवस्थित ल्हेन्दे खोलामा गएराति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्‍याएको छ ।

ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएपछि नदी कटानले सडकमार्गमा क्षति भएको हो । 

सडक बन्द भएपछि टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
          
जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष समेत रहेका उनले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटक-पटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नर्गन जिल्लावासीलाई आग्रह समेत गरे ।

गएरातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको प्रजिअ पौडेलले बताए । ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए रातिनै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्