२९ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

साउन १४, २०८२
काठमाडौं
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- ४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका- २ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका- ४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका- ६ बस्ने सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका- १ घर भएका २६ वर्षीय नवीन खड्का र सर्लाही विष्णु गाउँपालिका- ७ घर भएका ४१ वर्षीय राजनारायण महतो छन् ।

पक्राउ परेका मध्ये सुजनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ, सतेन्द्रले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९० हजार रुपैयाँ, नवीनले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ र राजले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी प्रहरीमा परेको थियो ।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनलाई काठमाडौं महानगरपालिका- ३ बाट र सतेन्द्रलाई काठमाडौं महानगरपालिका- ३२ बाट सोमबार तथा नवीनलाई काठमाडौं महानगरपालिका- ९ बाट र राजलाई कागेश्वरी मनोहरा नगरपालिका- ८ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ​ताहाचल काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्