२९ असार २०८३, सोमबार

मुन्द्रेको गाईजात्रा विशेष प्रस्तुति- ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

साउन १४, २०८२
काठमाडौं
मुन्द्रेको गाईजात्रा विशेष प्रस्तुति- ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

कलाकार जितु नेपाल 'मुन्द्रे'ले ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामग्री २०८२’ सार्वजनिक गरेका छन् । उनले ‘गाईजात्रा’ विशेष प्रस्तुति 'व्यर्थ मन्त्रीको बजेट भाषण आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

४ भागमा गाईजात्रे कोसेली सार्वजनिक गर्ने योजनाअनुसार पहिलो भाग 'व्यर्थ मन्त्रीको बजेट भाषण' मंगलबार सार्वजनिक गरिएको हो । बाँकी भाग ४/४ दिनको फरकमा सार्वजनिक गर्ने योजना उनको छ ।

‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद्‌भित्र सभामुख र मन्त्रीबीचको संवादलाई हाँस्य व्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ ।

लामो समय स्टेजमा गाईजात्रे कार्यक्रम गरेका नेपालले डिजिटल माध्यममा गाईजात्रे कोसेली सार्वजनिक गरेका हुन् ।

केही क्रियसन र गाई जात्रा विशेष कामको रेकर्ड पनि हुने भएकाले गाईजात्रे कोसेली बनाएको उनले जानकारी दिएका छन् । यसले दर्शकलाई पनि रमाइलो हुने उनको विश्वास छ ।

भिडियो : 

 

कमेन्ट गर्नुहोस्