करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु भएको छ ।
सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने १६ वर्षीय अमित यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको हो ।
आफ्नै खेतमा रहेको विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी एकेडमी पर्सामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।