
काठमाडौं, २३ मंसिर - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले कैलाली क्षेत्र नम्बर पाँचबाट चुनाव हार्ने निश्चित भएको छ । चार हजार मत गन्न बाँकी रहँदै गर्दा देउवा ४ हजार मतले नै पछाडि छन् ।
कुल ६१ हजजार ९ सय ३४ मत खसेकोमा ५८ हजार ८ सय ७९ मत गन्न बाँकी छ । जसमा नेकपा एमालेका नारदमुनी रानाले २५ हजार २ सय ३६ मत ल्याएका छन् भने कांग्रेसकी देउवाले २१ हजार १ सय ४८ मत ल्याएकी छन् ।