२६ जेठ २०८३, मंगलबार

सर्लाहीमा घर भत्किँदा किचिएर बालकको मृत्यु

साउन १४, २०८२
सर्लाही
सर्लाहीमा घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा बुधबार एउटा घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४:३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो । 

घर भत्किँदा आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । 

प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । 

काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्