२३ असार २०८३, मंगलबार
बालुवाटार बैठक

प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताको बैठकमा के–के भयो ?

साउन १५, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताको बैठकमा के–के भयो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दुई दलीय शीर्ष नेताको बैठक सकिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेता र महान्यायाधिवक्ता रमेश बडालसहितको बैठक एक घण्टा बसेर सकिएको हो । 

समसामयिक राजनीति, मन्त्री हेरफेरमा केन्द्रित हुने भनिए पनि यो छलफल केन्द्रित नभएको बालुवाटार स्रोतले जानकारी दियो । 

‘संक्रमणकालीन न्याय, कानून सुधार, संशोधन, भूमि विधेयकसहितका विषयमा दुई दलीय नेताले महान्यायाधिवक्तासँग छलफल गर्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘समसामयिक राजनीति, मन्त्री हेरफेरको विषयमा आजको बैठक केन्द्रित भएन ।’

सरकारका मन्त्रीको कार्यसम्पादन, मन्त्री हेरफेरको विषयमा दुई दलका शीर्ष नेताबीच फेरि छलफल हुनेछ । बैठकमा महान्यायाधिवक्ता बडाल पूरै समय बसेका थिए ।

छलफलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए भने एमालेबाट उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्