१० साउन २०८३, आइतबार
नाउपा विवाद

नागरिक उन्मुक्तिको अध्यक्ष बने रेशमका बुवा लालवीर चौधरी

साउन १५, २०८२
काठमाडौं
नागरिक उन्मुक्तिको अध्यक्ष बने रेशमका बुवा लालवीर चौधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रेशम चौधरीका बुवा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।

बिहीबार बानेश्वरमा आयोजित राष्ट्रिय भेलाले लालवीरलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको नाउपा सांसद अरुण चौधरीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ नाउपाको अध्यक्ष थिइन् । बुधबार मात्रै नाउपाले रञ्जितालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

पार्टीभित्रको मतभेद चर्किँदै जाँदा बिहीबार नै रञ्जिताले अध्यक्षकै हैसियतमा पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छिन् ।

रञ्जिताले स्पष्टीकरण सोधेकोप्रति सांसद अरुण चौधरीले आश्चर्य प्रकट गरेका छन् ।

'अस्ति आफैंले अध्यक्ष छाडेँ भन्नुभएको थियो, आज कसरी फेरि अध्यक्ष भइहाल्नुभयो ?' आश्चर्य व्यक्त गर्दै चौधरीले भने ।

लामो समयदेखि नाउपामा विवाद चल्दै आएको थियो । पछिल्लो समय पोखराको जग्गा प्रकरणमा रञ्जिताको नाम जोडिएपछि यो विवाद उत्कर्षमा पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्