
रानी जमरा कुलरिया सिँचाइ आयोजना लागि सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०६६/६७ मा विश्व बैंकको सहयोगमा बहुआयामिक सुधार कार्यक्रमका रूपमा शुरू गरिएको आयोजनाको हाल दोस्रो चरणको काम सकिएको छ । भने अब तेस्रो चरणको काम अगाडि बढाइन लागेको छ ।