
चितवन, २४ मंसिर– चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना प्रतिद्वन्द्वी राप्रपाका बिक्रम पाण्डसँगको मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।
पछिल्लो परिणामअनुसार प्रचण्डले १७ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी पाण्डेले १३ हजार २०० मत पाएका छन् ।
३ मा १ लाख २५ हजार ८२३ मतदाता रहेको चितवन–३ मा ९३ हजार ८२३ मत खसेको छ ।