०५ साउन २०८३, मंगलबार
गुण्डागर्दी गर्नेहरूविरुद्ध प्रहरीको एक्सन

महाराजगञ्ज क्षेत्रमा मध्यराति प्रहरीको अपरेसन, गुण्डा नाइके चक्रे मिलनसहित ६७ जना पक्राउ

साउन १६, २०८२
काठमाडौं
महाराजगञ्ज क्षेत्रमा मध्यराति प्रहरीको अपरेसन, गुण्डा नाइके चक्रे मिलनसहित ६७ जना पक्राउ

प्रहरीले गुण्डागर्दीमा संलग्न विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । बिहीबार मध्यराति महाराजगञ्ज क्षेत्रमा अपरेसन चलाएर प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित गुण्डागर्दीमा संलग्न ६७ जनालाई पक्राउ गरेको हो । 

महाराजगञ्जमा गुण्डा नाइके चक्र मिलनको बर्थ डे मनाएर होहल्ला गरिरहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार चक्रे मिलनको ‘बर्थडे पार्टी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको सूचनाको आधारमा प्रहरीले अपरेसन चलाएको थियो ।

विगत दुई/तीन दिनदेखि  सडकमा दुईतर्फी गाडी राखेर होहल्ला गरेको र टिकटक बनाएर शान्ति भङ्ग गरेको गुनासो प्रहरीमा आएको थियो । सोही सूचना र गुनासोका आधारमा प्रहरीले अपरेसन चलाएको प्रहरी उपरीक्षक आचार्यले बताए । 

null

पक्राउ परेका ६७ जनाको स्क्रिनिङ भैरहेको उनको भनाइ छ । 'सबैजना गुण्डागर्दीमा संलग्न होइनन्, स्क्रिनिङ गरेर कसलाई छाड्ने कसलाई राख्ने निर्णय हुन्छ,' लोकान्तरसँग उनले भने । 

null

प्रहरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई बुधबार राति पक्राउ गरेको थियो । दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने अभियान चलाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्