०५ असार २०८३, शुक्रबार

सिन्धुलीमा रूखले किच्दा २ जनाको मृत्यु, ३ घाइते

साउन १६, २०८२
सिन्धुली
सिन्धुलीमा रूखले किच्दा २ जनाको मृत्यु, ३ घाइते

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रूखले किच्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज दिउँसो अविरल वर्षासँगै आएको पहिरोले सालको रूख टहरामा खसेको थियो ।

टहरामा ओत लागेका नौ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्त गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् ।

तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्