२० असार २०८३, शनिबार

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– सरकार बनाउने र भत्काउने खेलमा छैनौं

साउन १६, २०८२
काठमाडौं
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– सरकार बनाउने र भत्काउने खेलमा छैनौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले सरकार बनाउने र भत्काउने खेलमा माओवादी नरहेको बताएका छन् । संगठन सुद्धिकरणमार्फत पार्टीलाई बलियो बनाउने काममा लागेको उनले बताए ।  

शुक्रबार शुरू पार्टी स्थायी कमिटी बैठकमा समसामयिक प्रस्ताव पेस गर्दै प्रचण्डले संगठन निर्माण आफूहरूको प्राथमिकता रहेको बताएका हुन् । ‘सरकारको काम कारबाहीबाट जनता पटक्कै सन्तुष्ट छैनन्, तैपनि अहिले हाम्रो ध्यान सरकारतिर छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।

प्रचण्डले समाजवादी मोर्चालाई प्रभावकारी बनाउँदै लैजाने र वामपन्थी शक्तिहरूसँग सहकार्य अगाडि बढाउने समेत बताए ।

बैठकमा प्रचण्डले उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीको विवाद बाहिर नलैजान सुझाव दिए । ‘पार्टीभित्रको अन्तरविरोधबारे बाहिर लगातार अभिव्यक्ति आएका छन् । यस्ता गतिविधिले पार्टीको हित गर्दैन । केही छन भने बैठकमै राखौं,’ शर्माप्रति लक्षित गर्दै प्रचण्डले भने ।

पछिल्लो समय प्रचण्ड र शर्माबीच बाहिर सवाल जवाफ हुँदै आएको छ । माओवादी बैठकमा भोलिदेखि स्थायी कमिटी सदस्यले बोल्ने क्रम शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्