०८ असार २०८३, सोमबार

शास्त्रका अनुसार शरीरबाट हुने महापाप यी हुन्

मंसिर २४, २०७४
शास्त्रका अनुसार शरीरबाट हुने महापाप यी हुन्

काठमाडौं, २४ मंसिर — पाप र पुण्यको मान्यता लामो समयदेखि चलिआएको छ । आज पनि धेरै मानिस यो कुरा मान्छन् र यसको पालन गर्छन् । 

अरूको अहित नगर्नु पुण्य हो । पापकर्म चाहिँ के के हो भन्ने सम्बन्धमा महाभारतको अनुशासन पर्वमा युधिष्ठिर र भीष्म पितामहको संवादबाट थाहा पाइन्छ । 

भीष्मले युधिष्ठिरलाई बताएअनुसार, शरीरबाट तीन, वाणीबाट चार र मनबाट तीन खराब काम छोड्नुपर्छ । कुल दश कामलाई महापाप मानिएको छ । 

शरीरबाट हुने महापाप पुरुषका लागि परस्त्रीगमन र महिलाका लागि परपुरुषगमन हो । आफ्नो जीवनसाथीबाहेक अन्य कसैसँग पनि शारीरिक सम्बन्ध बनाउनु महापाप हो । 

शरीरबाट हुने अर्को पाप चोरी हो । व्यक्तिले आफैं मेहनत गरेर धन कमाउनुपर्छ । अर्कोको धन वा वस्तु चोर्नु महापाप हो । 

शरीरबाट हुने तेस्रो पाप हिंसा हो । कुनै परिस्थितिमा पनि अनावश्यक रूपमा हिंसा गर्नु पाप हो । 

वाणीबाट हुने पहिलो पाप व्यर्थको कुरा गर्नु हो ।

अर्को पाप निष्ठुर अर्थात् कठोर कुरा गर्नु हो । यस्ता कुराले अरूलाई दुःख पुग्छ । 

कुरा लगाउनु वाणीबाट हुने तेस्रो पाप हो ।

झुटो बोल्नु वाणीबाट हुने चौथो पाप हो । 

मनबाट हुने पहिलो पाप अर्काको धनको लोभ गर्नु र हडप्न खोज्नु हो । 

दोस्रो पाप अरूसँग शत्रुभाव राख्नु हो । सबै प्राणीप्रति प्रेमभाव राख्नु नै धर्म हो । 

मनबाट हुने तेस्रो पाप कर्मको फलमा विश्वास नगर्नु हो । 

यहाँ उल्लेख गरिएका १० महापापमध्ये एक पाप मात्र गरेपनि मानिसले दुःख भोग्नुपर्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्