०६ साउन २०८३, बुधबार

एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तले जिते कास्य पदक

साउन १८, २०८२
काठमाडौं
एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तले जिते कास्य पदक

नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप– २०२५ मा कास्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु शहरमा जारी प्रतियोगितामा प्रशान्तले जुनियर पुरुष ४२ केजीभन्दा मुनिको तौलसमूहमा कास्य पदक जितेका नेपाल कुराश संघले जनाएको छ ।

प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए । एसियाली कुराश महासंघको आयोजनामा जुलाई ३० तारिखदेखि शुरू भई अगस्ट ५ तारिखसम्म चल्ने उक्त प्रतियोगितामा प्रशान्तको स्पर्धामा भारत, तुर्कमेनिस्तान, मङ्गोलिया, चीन (ताइपेईं) र कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन् ।

एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । यसअघि सन् २०१८ मा थाइल्यान्डमा भएको एसियन कुराश च्याम्पियनसिपमा कृति शर्माले ५२ केजीमुनि कास्य पदक जितेकी थिइन् ।

प्रतियोगिताका क्रममा कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा पनि भाग लिएको कुराश संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्