
कपिलवस्तु २४ मंसिर– झण्डै १ एकहजार मतअन्तर सहित कपिलवस्तु १ बाट माओवादीका चक्रपाणि खनाल बलदेव विजयी भएका छन् ।
खनालले २९ हजार ७ सय ९९ मत ल्याउँदा नेपाली कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे । उनीहरुको मतअन्तर ९ सय ४६ रहेको छ ।
भारतका लागि नेपाली राजदूत रहेका उपाध्याय चुनावको पूर्वसन्ध्यामा राजदूत पद छाडेर चुनाव लडेका थिए ।