१८ असार २०८३, बिहीबार

भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा

साउन १८, २०८२
काठमाडौं
भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा
फाइल फोटो

सुक्खा पहिरोले अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–काठमाडौं सडक सञ्चालनमा आएको छ ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आज दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्