०९ साउन २०८३, शनिबार
प्रतिनिधिसभा बैठक

रास्वपाले संसद्लाई दुरुपयोग गरेको भन्दै कांग्रेस सचेतकको चेतावनी– सम्पूर्ण सांसद प्रतिवादमा उभिनुपर्छ

साउन १९, २०८२
काठमाडौं
रास्वपाले संसद्लाई दुरुपयोग गरेको भन्दै कांग्रेस सचेतकको चेतावनी– सम्पूर्ण सांसद प्रतिवादमा उभिनुपर्छ

नेपाली कांग्रेसले अन्य दललाई गाली गरेर संसद् बहिष्कार गर्ने रास्वपा र राप्रपाको कार्यशैलीप्रति आपत्ति जनाएको छ । रास्वपाले संसद्लाई दुरुपयोग गरेर जनतालाई दिग्भ्रमित पारेको कांग्रेसको आरोप छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाको शैलीविरुद्ध सबै सांसद प्रतिवादमा उत्रिनु पर्ने दिन आउन सक्ने चेतावनी दिएका हुन् ।

‘७० दिनदेखि रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दै आएका छन् । शुरूमा आफ्नो कुरा राख्ने, त्यसपछि बहिष्कार गर्दै हिँड्ने । कति दिनसम्म यो चल्ने हो ? संसद्‌मा उभिएर सधैं गालीगलोज गर्ने ?,’ घिमिरेले प्रश्न गरे ।

रास्वपाको कार्यशैली जर्मन तानाशाह हिटलरका प्रवक्ता गोयबल्सको जस्तो रहेको घिमिरेले आरोप लगाए । ‘भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने ? यो के भन्न खोजेको ? गोयबल्स शैलीमा झुटो कुरा प्रचार गरेर जनतालाई दिग्भ्रमित पार्ने र संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्छ,’ घिमिरेले भने, ‘भोलि यसले गर्दा सम्पूर्ण सांसद प्रतिवादमा उभिनु पर्ने हुनसक्छ । त्यो बेला संसद्को अवस्था के हुन्छ ?’

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले जेठ १२ गतेदेखि प्रतिनिधिसभामा विरोध जारी राख्दै आएको छ ।

सोमबार पनि रास्वपाले आफ्ना कुरा राखेर संसद् बहिष्कार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्