२५ जेठ २०८३, सोमबार

एमालेको समर्थनमा इन्द्र बानियाँले गरे बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

साउन १९, २०८२
काठमाडौं
एमालेको समर्थनमा इन्द्र बानियाँले गरे बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि  दाबी पेस गरेका छन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको केही समयभित्रै बानियाँले नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका हुन् । 

यसअघि बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि भोलि (मंगलबार) दिउँसो २ बजेसम्म दाबी पेस गर्न आजै आह्वान गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि बहादुरसिंह लामाले राजीनामा दिएसँगै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

null

 

salt training

कमेन्ट गर्नुहोस्