३० जेठ २०८३, शनिबार

पहिरोले स्वास्थ्य चौकीमा क्षति

साउन १९, २०८२
गुल्मी
पहिरोले स्वास्थ्य चौकीमा क्षति

गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्य चौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार आइतबार राति पहिरोले स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रूपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ ।

स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्य चौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ ।

मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उनीहरू छिमेकीको घरमा बस्दै आएका प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्