
उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वागत गर्न नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा कारागार पुगेका छन्।
शर्मा सोमबार साँझ डिल्लीबजारस्थित कारागार पुगेर प्रसाईंको स्वागत गर्न पुगेका हुन्। अदालतको आदेशअनुसार मागिएको धरौटी बुझाइसकेपछि कारागार प्रशासनले आवश्यक प्रक्रिया पूरा गरिरहेको छ।
प्रसाईंमाथि बैंकिङ कसुर र १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित दुई छुट्टाछुट्टै मुद्दा थियो। उच्च अदालत पाटनले दुबै मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।