२२ जेठ २०८३, शुक्रबार

महाकालीमा पानीको बहाव बढेपछि वनवसा पुलमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

साउन २०, २०८२
कञ्चनपुर
महाकालीमा पानीको बहाव बढेपछि वनवसा पुलमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो । 

बेलुका  ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे । 

उनका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्