२५ जेठ २०८३, सोमबार
देशभर मनसुनी वायुको प्रभाव

वर्षाले तराईं-मधेशमा हर्ष, चार प्रदेशमा आज धेरै ठूलो पानी पर्ने सम्भावना

साउन २०, २०८२
काठमाडौं
वर्षाले तराईं-मधेशमा हर्ष, चार प्रदेशमा आज धेरै ठूलो पानी पर्ने सम्भावना

​लामो खडेरीपछि तराईं-मधेशमा पानी पर्न थालेको छ । लामो समयपछि पानी परेपछि खडेरीको मारमा परेका किसान हर्षित भएका छन् । मधेशमा विगत तीन दिनयता निरन्तर वर्षा भइरहेको छ । आइतबार र सोमबार मधेशका केही भेगमा ठूलो वर्षासमेत रेकर्ड गरिएको छ । 

सुक्खा क्षेत्रमा वर्षा भएपछि किसानलाई ठूलो राहत मिलेको छ । वर्षाले सुकेका धानहरू जाग्न थालेका छन् भने रोप्न बाँकी रहेका ठाउँमा रोपाइँ हुन थालेको छ । 

मनसुन शुरू भएको दुई महिना बित्दा पनि पर्याप्त पानी नपरेपछि सरकारले मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । 

गएराति पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी परेको छ । राति दाङ, बाँके र बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

ती ठाउँमा अहिले पनि पानी परिरहेको छ । यसबाहेक कोशी  र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी भूभागका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले  जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईंमा अवस्थित छ।

 

salt training

कमेन्ट गर्नुहोस्