![सशस्त्रका ४८ डीएसपी, २२ एसपी र ६ एसएसपी बढुवा सिफारिस [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/APF_Headquarter_Halchwok_WAh7ii1qGw.png)
सशस्त्र प्रहरी बल, नेपालले इन्स्पेक्टरदेखि एसएसपीसम्म बढुवा सिफारिस गरेको छ । बढुवा हुनेमा ६ एसपी, २२ डीएसपी र ४८ जना इन्स्पेक्टर छन् ।
बढुवा समितिको निर्णयअनुसार सशस्त्रका ६ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेमा एक नम्बरमा ध्रुवबहादुर कार्की छन् । यसैगरी जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोकुमार बम र वीरेन्द्र ऐर एसएसपी बढुवा सिफारिस भएका हुन् ।
यसैगरी, सशस्त्र प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । एसपी बढुवा हुनेको एक नम्बरमा नरदीप कुमार बस्नेत छन् ।


यस्तै, ४८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डीएसपी)मा बढुवा सिफारिस गरिएको छ ।
प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोज बछुण्डे श्रेष्ठलाई प्रहरी उपरीक्षक पद (एसपी)मा बढुवा सिफारिस गरिएको छ ।
डीएसपी सिफारिस