३१ असार २०८३, बुधबार

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ५३०० नेपालीलाई रोजगारीको अवसर

साउन २०, २०८२
काठमाडौं
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ५३०० नेपालीलाई रोजगारीको अवसर

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ई.पि.एस. कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। 

दक्षिण कोरियामा रोजगारीका लागि जाने इच्छुक नेपाली नागरिकका लागि यो परीक्षा महत्वपूर्ण मानिन्छ।

ई.पि.एस. शाखाका अनुसार परीक्षा आवेदन फाराम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। इच्छुक उम्मेदवारले https://eoers.epsnepal.gov.np वेबसाइटमा गई आवेदन दिनुपर्नेछ।

परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।

यो परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ३५०० जना र कृषि तथा पशुपालन क्षेत्रमा १८०० जना गरि कुल ५३०० जना नेपाली नागरिक छनोट गरिनेछन्।

यो परीक्षा रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तर्गत लिइने हो। परीक्षा र छनोट प्रक्रिया HRD Service of Korea को समन्वयमा सञ्चालन हुने सूचनामा उल्लेख छ । 

ई.पि.एस. शाखाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई निर्धारित म्यादभित्र आवेदन दिन आह्वान गरेको छ। परीक्षा सम्बन्धी थप जानकारि अर्को सूचनामार्फत दिइने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्