२७ जेठ २०८३, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठक आह्वान, ६ एजेन्डा तयार

साउन २०, २०८२
काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठक आह्वान, ६ एजेन्डा तयार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो ३ बजेका लागि मङ्गलबार तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा पार्टीको हालका गतिविधि र आगामी योजनाबारे छलफल हुने भएको छ। सचिवालय बैठकका लागि ६ वटा प्रमुख एजेन्डा तय गरिएको पार्टीले जनाएको छ।

झाकाअनुसार प्रमुख एजेन्डा यसप्रकार छन्:
१. समसामयिक राजनीतिक एवं पार्टी गतिविधिको समीक्षा
रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठक, रुपन्देही ३ उपनिर्वाचनको तयारी, तथा सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगतिबारे अद्यावधिक जानकारी प्रस्तुत गरिनेछ।

२. पार्टी विधानको व्याख्या
अनुशासन आयोगको प्रयोजनका लागि पार्टी विधानको व्याख्या सम्बन्धी प्रस्ताव अनुमोदन गरिनेछ।

३. निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया
रुपन्देही उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी कार्यसूचीमा छलफल हुनेछ।

४. समानुपातिक सूचीबाट नाम हटाउने प्रक्रिया
प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीबाट नाम हटाउने प्रस्तावबारे छलफल गरिनेछ।

५. अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कार्यक्रम
आगामी अन्तर्राष्ट्रिय युवा दिवसलाई लक्षित गर्दै ‘फ्युचर लिडर्स समिट’ आयोजना गर्नेबारे निर्णय लिइनेछ।

६. विविध विषयहरूमा छलफल
भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक र एजेन्डा तय गर्ने, रणनीतिक समूहको गठन, विभाग प्रमुखको नियुक्ति, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाव दिने अभियान तथा सभापति रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर संकलनलाई प्रभावकारी बनाउने सम्बन्धमा पनि छलफल हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्