०५ साउन २०८३, मंगलबार
पानी नरोकिँदा सडक खुलाउन समस्या

पहिरोले सुनौली-पोखरा सडक १५ घण्टादेखि अवरुद्ध, हजारौं सवारीसाधान बुटवलमै रोकिए

साउन २०, २०८२
बुटवल
पहिरोले सुनौली-पोखरा सडक १५ घण्टादेखि अवरुद्ध, हजारौं सवारीसाधान बुटवलमै रोकिए

सिद्धार्थ राजमार्गअन्तर्गत सुनौली-पोखरा सडक १५ घण्टादेखि अवरुद्ध छ । लगातारको वर्षासँगै पाल्पाको शिद्धबाबा खण्डका ठाउँ ठाउँमा झरेको पहिरो हटाउन नसक्दा सडक खुल्न नसकेको हो । 

बुटवल-पाल्पा खण्डको निर्माणाधीन सुरुङ नजिकै चट्टानसहितको पहिरो हटाउन नसकेको प्रहरी चौकी दोभान पाल्पाले जनाएको छ । चौकीका प्रहरी हवल्दार जोगप्रसाद बुढाले पहिरो हटाउने प्रयास भइरहे पनि पानी नरोकिँदा काम अघि बढ्न नसकेको बताए । 

जसले गर्दा तराईंबाट पहाडतर्फ जाने हजारौं सवारीसाधन सवारी बुटवलमै रोकिएका छन् । त्यस्तै, पहाडबाट झरेका गाडी झुम्सासम्म लामो लाइन लागेको छ ।

वर्षायामसँगै यो खण्डमा सधैं पहिरो झर्ने गर्छ । दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेले सडक सुचारु हुन नसक्दा यात्रुहरू समस्यामा परेको बताए । सिद्धार्थ राजमार्ग छिन छिनमै बन्द हुने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्