१७ असार २०८३, बुधबार

सार्वजनिक खरिद ऐन विकासको बाधक : प्रमुख महर्जन

साउन २०, २०८२
इलाम
सार्वजनिक खरिद ऐन विकासको बाधक : प्रमुख महर्जन

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक खरिद ऐन २०६३ नेपालको विकासको बाधक भएको बताएका छन् । 

इलामको सूर्योदय नगरपालिकाको आर्थिक वर्ष २०८२/२०८३ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा विशेष अतिथिका रूपमा इलाम पुगेका नगर प्रमुख महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल परिवर्तन नभएसम्म मुलुक नबन्ने बताएका हुन् । जतिसक्दो छिटो ऐन संशोधन गर्नुपर्ने उनको भनाइ छ । 

सार्वजनिक खरिद ऐन २०६३ संशोधनको विषय आफूले पटक-पटक उठाएको बताउँदै यो विषयलाई थप छलफलमा ल्याउन उनले इलामका संघीय सांसद महेश बस्नेतलाई अनुरोध गरे । 

नेपालको विकासमा महत्व राख्ने विकासका ठूला योजना वर्षौंसम्म सम्पन्न भएकोमा उनले दु:ख व्यक्त गरे । योजनामा गरिरएको लगानी बढ्दै जाने र समय पनि थपिदैं जाने तर, कामको प्रगति दर अत्यन्तै न्यून हुन राष्ट्रिय रोग भएको उनले बताए । 

सांसद बस्नेतले सार्वजनिक खरिद ऐन संशोधनबारे आफूले पनि यसअघि कुरा राखेको स्मरण गर्दै फेरि पनि यो ऐन संशोधनबारे कुरा उठाउने बताए । 

सार्वजनिक खरिद ऐनअनुसार मठमन्दिर निर्माण गर्दा मन्दिर राम्रो नबन्ने भएकाले यसको विकल्प खोज्नुपर्ने उनले औल्याए । महानगरले निर्माण र पुनर्निर्माण गरेको मन्दिर उपभोक्त समितिमार्फत् निर्माण भएका छन् । नगर प्रमुखको नेतृत्वमा  इलाम पुगेको महानगरको प्रतिनिधिमण्डलमा प्रवक्ता राजु महर्जन र नगरसभा सदस्यहरू इन्द्रा श्रीश र अनुप घिमिरे रहेका छन् । 

ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली संरक्षण,गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महर्जनले बताए ।‘महानगर प्रमुख महर्जनले सडक पूर्वाधार निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले भने , ‘कुटो कोदालो नगर्ने हो भने, दश वर्षयता हामीले बनाएको सडक बिर्गदैंन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्