
नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० क्रिकेट शृंखलाका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा घोषित नेपाली टोलीमा उप–कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी रहेका छन् । प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने पनि टोलीमा छन् ।
यसैगरी, टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलसन झा, आरिफ शेख, भीम सार्की र रुपेश कुमार सिंहलाई पनि समावेश गरिएको छ ।
यसका अतिरिक्त, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशीले पनि टोलीमा स्थान पाएका छन् ।

प्रतियोगिता अगस्त १४ देखि २४ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुनेछ । नेपाली टोलीले आफ्नो पहिलो खेल अगस्त १५ तारिखमा आयोजक एनटी स्ट्राइकसँग खेल्नेछ ।
११ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ तारिखमा बंगलादेश ‘ए’ सँग खेल्नेछ ।