१८ असार २०८३, बिहीबार

काभ्रेमा पराजित हुँदैछन् कांग्रेसका ‘डन’ गणेश लामा

मंसिर २४, २०७४
काभ्रेमा पराजित हुँदैछन् कांग्रेसका ‘डन’ गणेश लामा

काभ्रे, २५ मंसिर– विजय गच्छदारसँगै लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका डन पृष्ठभूमिका कांग्रेस उम्मेदवार गणेश लामा काभ्रेमा पराजित हुने निश्चित भएको छ । 

लामा काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । उनी वाम गठवन्धनका संयुक्त उम्मेदवार एमाले नेता चन्द्र लामाभन्दा ३ हजार २ सय २० मतले पछाडि परेका छन् । 

पछिल्लो परिणामअनुसार कांग्रेसका लामाले १७ हजार ७ सय ३० मत ल्याएका छन् । एमालेका चन्द्र लामाले २० हजार ९ सय ३८ मतसहित अग्रता लिइरहेका छन् । काभ्रे क्षेत्र नम्बर १ को मतगणना अन्तिमतर्फ पुगेको छ । 

गुण्डागर्दीमा संलग्न भएको अभियोगमा पटक पटक प्रहरी हिरासतमा पुगिसकेका गणेश लामा विजय गच्छदार गृहमन्त्री हुँदा राजनीतिमा सक्रिय भएका थिए । 

चुनाव अघि गच्छदार कांग्रेसमा विलय हुँदा लामा पनि कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले उनलाई काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) को उम्मेदवार बनाएको थियो । 

काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भने वाम गठवन्धनका संयुक्त उम्मेदवार माओवादीका रत्न ढकाल विजयी भइसकेका छन् । कांग्रेसका सिवी लामालाई ८ हजार मतान्तरले पराजित गरेर ढकाल विजयी भएका हुन् । 

माओवादीका ढकालले २५ हजार १ सय ६ मत ल्याएर विजयी हुँदा कांग्रेसका लामाले १७ हजार ८ सय ५५ मत प्राप्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्