२७ असार २०८३, शनिबार

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

साउन २०, २०८२
काठमाडौं
जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

जनता समाजवादी पार्टी, नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै केदार अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलबार राजविराजमा सम्पन्न जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर केदार अध्यक्ष निर्वाचित हुन् । केदार यसअघि पनि सप्तरी जिल्ला अध्यक्ष थिए । 

यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरे । 

जिल्ला सचिवमा निरज मुक्तिले जम्मा १ मतले निर्वाचित भए । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भए । 

श्रावन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेसँगै शुरू भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको हो । 

जिल्ला कार्यसमितिका सदस्यहरूको निर्वाचन सम्पन्न भए पनि आज दिउँसोदेखि उनीहरूको मतगणना शुरू हुने छ ।

कमेन्ट गर्नुहोस्