१३ असार २०८३, शनिबार

माओवादीले एकता गर्ने प्रस्ताव गरेको भोलिपल्ट विप्लवको पार्टीको स्थायी कमिटी बैठक

साउन २०, २०८२
काठमाडौं
माओवादीले एकता गर्ने प्रस्ताव गरेको भोलिपल्ट विप्लवको पार्टीको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने प्रस्ताव गरेको भोलिपल्ट नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बसेको छ । काठमाडौंमा बसेको नेकपाको अनौपचारिक बैठकमा माओवादीको निर्णयबारे छलफल भएको हो ।

नेकपाका एक नेताले माओवादीको प्रस्तावमा सामान्य छलफल भए पनि हतारमा पार्टी एकता नहुने बताए । ‘माओवादीले स्थायी कमिटीमार्फत एकताको प्रस्ताव गरेको कुरा मिडियाबाट थाहा पायौं, हतारमा एकता हुँदैन,’ नेकपाका एक नेताले भने ।

२०७९ सालमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्रबाट विभाजन भएर बनेको नेकपा-माओवादीबाट फुटेर विप्लवको नेतृत्वमा नेकपा गठन भएको थियो ।

केही समय भूमिगत राजनीति गरेका विप्लव २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका थिए ।

नेकपाले उत्पादन केन्द्रित अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पछिल्लो समय विप्लवलगायतका नेताहरू कृषि उत्पादनमा लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्