
अविरल वर्षासँगै सोमबारदेखि अवरुद्ध सुनौली-पोखरा सिद्धार्थ राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।
पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा झरेको पहिलो हटाउन नसक्दा २० घण्टादेखि सडक अवरुद्ध भएको हो ।
सोमबार दिउँसो ४ बजेदेखि झरेको पहिरो हटाउने प्रयास जारी छ । दोभान प्रहरी चौकीका अनुसार पहिरो हटाउने प्रयास गरिए पनि पानी नरोकिँदा समस्या भइरहेको छ ।
पानी परिरहेकोले माथिबाट ढुंगा झर्ने क्रम नरोकिँदासम्म सडक खुलाउन समस्या भएको चौकी इन्चार्ज विजय प्रजापतिले बताए ।
जसले गर्दा यात्रु र सवारी बाटोमै अलपत्र परेका छन् । पहाड जाने गाडी बुटवलमा रोकिएका छन् भने, पहाडबाट बुटवलतर्फ आएका गाडीलाई झुम्सामा रोकिएको छ ।