०९ असार २०८३, मंगलबार

यस्तो छ ‘कुलिङ पिरियड’ सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]

साउन २०, २०८२
काठमाडौं
यस्तो छ ‘कुलिङ पिरियड’ सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन [पूर्णपाठ]

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदनमा संसद्‌मा पेस गरेको छ । 

समितिका सभापति जीवन परियारले मंगलबार प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन पेस गरे । 

संघीय निजामती सेवा विधेयक, २०८० माथि राज्य व्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि गत असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन गरेको थियो ।

निजामती सेवा विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएको थियो ।

त्यसैको छानबिनका लागि समिति बनाइएको थियो । 

 समितिले राजनीतिक व्यक्तिको राजनीतिक र नैतिक दायित्व हुने निष्कर्षसहितको प्रतिवेदन पेस गरेको छ ।

‘राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानूनी जिम्मेवारी रहने हुँदा सोही बमोजिम समितिको सुझाव एवं निष्कर्ष छ,’ प्रतिवेदन पेस गर्दै सभापति परियारले भने ।

समितिले भविष्यमा विधेयकमा यस्ता त्रुटि दोहोरिन नदिन विधेयको अन्तिम प्रतिवेदनमा समितिका सबै सदस्यको हस्ताक्षर गर्नुपर्ने सुझाव दिएको छ ।

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्