०७ साउन २०८३, बिहीबार

चुनाव हारेपछि यस्तो आयो रामचन्द्र पौडेलको प्रतिक्रिया

मंसिर २४, २०७४
चुनाव हारेपछि यस्तो आयो रामचन्द्र पौडेलको प्रतिक्रिया

काठमाडौं, २४ मंसिर—तनहुँ क्षेत्र नम्बर १ बाट पराजित बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले इतिहासकै खराब नतिजा ल्याउनु दुःखद भएको बताएका छन् । 
उनले गत स्थानीय तह निर्वाचनलगत्तै नतिजामा चिन्ता व्यक्त गर्दै पार्टी  बैठकमा राखेको भएपनि  सभापति शेरबहादुर देउवा गम्भीर नहुँदा अहिले आएर अवस्था थप खस्किन पुगेको दाबी गरे   । 
‘स्थानीय चुनावपछि  पार्टी बैठकमै अव नयाँ ढंगले अघि बढ्नुपर्छ नत्र हामी दोस्रो तेस्रो तिर जाने खतरा देखियो   भनेर भनेको थिएँ’, पौडेलले बीबसी नेपालीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘ सभापतिले त्यागको भावना राख्नुपर्यो भनेर मैले भनेको थिएँ । तर त्यसको सुनुवाई नहुँदा यस्तो  भयो।’ 
पार्टीलाई सुधार गर्न आफूले लगत्तै भएर अभियान चलाउन पनि सक्ने अवस्था रहेको भएपनि पार्टीमा आउन सक्ने विग्रहलाई ध्यानमा राखेर चुप लागेको पनि पौडेलले बताए । 
पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा पटक पटक जोड दिएका पौडेलले अब पार्टीको शीर्ष तहमा गम्भीर छलफल गरेर त्यसको कारण खोज्नुपर्ने बताए । 
नेतृत्वको विकल्पमा तयार हुनुपर्नेमा समेत जोड दिँदै उनले यसमा  सभापति पनि तयार हुनुपर्नेमा जोड दिए । 
उनले भने — यसका लागि  विशेष महाधिवेशन पनि डाक्नुपर्छ । चित्तबुझ्दो प्रयास हुनुपर्छ ।  सबैले चाहे युवालाई पनि विकल्प दिन सकिन्छ । मै हुनुपर्छ भन्ने केहि छैन ।’

salt training

कमेन्ट गर्नुहोस्