२८ जेठ २०८३, बिहीबार
मदिरा नियन्त्रण गर्ने क्रममा झडप

प्रहरीको गोली लागेर सप्तरीमा एक जनाको मृत्यु

साउन २१, २०८२
सप्तरी
प्रहरीको गोली लागेर सप्तरीमा एक जनाको मृत्यु

सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रण गर्ने क्रममा गएराति तस्कर समूहसँग झडप भएपछि प्रहरीले चलाएको गोली लागेर राजगड गाउँपालिका–२ का लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । 

मृतकको तिघ्रामा गोली लागेको र उपचारका क्रममा ज्यान गएको उनको भनाइ छ । 

उनका अनुसार मदिरा भण्डार गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा तस्करसँग झडप भएको थियो । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लिन ७ राउण्ड गोली चलाउनु परेको उनले बताए । 

सर्च अप्रेसन गर्न गएको प्रहरीलाई तस्कर समूहले घेरा हालेर ढुंगामुढा प्रहार गरेको थियो । 

प्रहरीले अप्रेसन चलाएको स्थान नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने प्रहरीको भनाइ छ ।  


 

salt training

कमेन्ट गर्नुहोस्