०६ असार २०८३, शनिबार

अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य

साउन २१, २०८२
काठमाडौं
अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य

विगत लामो समयदेखि चर्चामा रहेको सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट आगामी असोज १ गतेदेखि सात वटै प्रदेशमा अनिवार्य हुने भएको छ ।

 सघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षता मङ्गलबार सिंहदरबार बसेको सात वटै प्रदेशका सम्बन्धित मन्त्री र सचिव सहभागो बैठकले सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने र गराउने निर्णय गरेको हो। यसको प्रभावकारी कार्यान्वयनका लागि देशभरि नै ट्राफिक प्रहरी खटाइने निर्णयसमेत गरिएको हो।

यातायात व्यवस्था विभागले २०७३ देखि इम्बोस्ड जडान सुरु गरे पनि अहिलेसम्म करिब ७५ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर जहान हुन सकेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्