२७ जेठ २०८३, बुधबार

उत्तरकाशी बाढी : ९ भारतीय सैनिक पनि बेपत्ता, खोजी जारी

साउन २१, २०८२
काठमाडौं
उत्तरकाशी बाढी : ९ भारतीय सैनिक पनि बेपत्ता, खोजी जारी

भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको बाढीमा नौ भारतीय सैनिक पनि बेपत्ता भएको पाइएको छ । 

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले धारालीको खीर गंगाको विनाशकारी बाढीमा नौ सैनिक बेपत्ता भएको बताए । शिविरमा पानी पस्दा सैनिकहरू बेपत्ता भएको बीबीसी हिन्दीले जनाएको छ । 

भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न छ । १५० सैनिकहरूसँग राहत र उद्धार कार्यको नेतृत्व गरिरहेको उनले बताए । 

शिविरमा पानी पसेपछि जम्मा ११ सैनिकहरू बेपत्ता भएका थिए, तर पछि दुई सैनिकहरू सुरक्षित फेला परेका हुन् । बाँकी नौ सैनिकहरू अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्