
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रमा सुधार भएको बताएका छन् । बुधबार ‘नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रका हरेक क्षेत्रमा सुधार भएको बताएका हुन् ।
'अर्थतन्त्रका हरेक क्षेत्रमा सुधार भएको छ । तर यो सुधारमा पर्याप्त होइन । अझै तीव्र गतिमा सुधार गर्नुपर्छ,' उनले भने ।
नेपालको अटोमोबाइल क्षेत्रले तरक्की गरिरहेको बताउँदै अर्थमन्त्री पौडेलले सरकारले सवारी साधनका लागि गुणस्तरीय सडक पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए ।
'सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले सरकारको प्राथमिकतामा छ । सडक पूर्वाधारको विस्तारमा सरकारले जोड दिएको छु,' मन्त्री पौडेलले भने, 'भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउन सम्बन्धित मन्त्रालयहरू जुटिसकेका छन् । त्यसका लागि बजेटले बोलिसकेको छ । प्रदर्शनी स्थल बनाउनका लागि विदेशी निर्माण कम्पनी पनि बोलाएर कुरा गर्नुपरे पनि गर्नेछौं ।'