२२ जेठ २०८३, शुक्रबार

नाईमा मोबिलिटी एक्स्पो शुरू, अर्थमन्त्री पौडेलले गरे उद्‌घाटन

साउन २१, २०८२
काठमाडौं
नाईमा मोबिलिटी एक्स्पो शुरू, अर्थमन्त्री पौडेलले गरे उद्‌घाटन

‘नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को शुरू भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा)ले आयोजना गरेको एक्स्पोको उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले नेपालको अटोमोबाइल क्षेत्रले तरक्की गरिरहेको बताए ।

सरकारले गुणस्तरीय सडक पूर्वाधारको विकासमा जोड दिएको उनको भनाइ छ ।

'सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले सरकारको प्राथमिकतामा छ । सडक पूर्वाधारको विस्तारमा सरकारले जोड दिएको छु,' मन्त्री पौडेलले भने, 'भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउन सम्बन्धित मन्त्रालयहरू जुटिसकेका छन् । त्यसका लागि बजेटले बोलिसकेको छ । प्रदर्शनी स्थल बनाउनका लागि विदेशी निर्माण कम्पनी पनि बोलाएर कुरा गर्नुपरे पनि गर्नेछौं ।'

बुधबारदेखि शुरू भएको मोबिलिटी एक्स्पो साउन २५ अर्थात् आइतबारसम्म चल्नेछ । एक्स्पोमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे तथा पाँचवटा व्यावसायिक सवारीसाधन लन्च गरिँदैछ ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्