०८ असार २०८३, सोमबार

करेन्ट लागेर गैँडाको मृत्यु

साउन २१, २०८२
चितवन
करेन्ट लागेर गैँडाको मृत्यु

चितवनको माडी नगरपालिका– २ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मृत अवस्थामा भेटिएको हो ।

गैँडाको खाग र खुर सुरक्षित रहेको उनले जानकारी दिए। 

कसले कुन प्रयोजनका लागि धानबारीमा करेन्ट छाडेको हो भन्ने विषयमा अनुसन्धान शुरू गरिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्