१६ असार २०८३, मंगलबार
कुलिङ पिरियड

रास्वपाले माग्यो रामहरिको राजीनामा– नाम लेखिएको छैन भनेर उम्किन पाइछ ?

साउन २१, २०८२
काठमाडौं
रास्वपाले माग्यो रामहरिको राजीनामा– नाम लेखिएको छैन भनेर उम्किन पाइछ ?
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका मनीष झाले नैतिकताको प्रश्न खतिवडातर्फ सोझिएको बताएका हुन् ।

‘कुलिङ पिरियडमाथि प्रश्न उठेको छ, नैतिक प्रश्न उठेको छ । नाम लेखिएको छैन भनेर सभापनि उम्किन पाइछ ?,’ झाले प्रश्न गरे, ‘प्रधानमन्त्री भनेपछि नाम चाहिन्छ र ? पदको नाम लेखिएको छ । हामीलाई नैतिकताको पाठ सिकाउनेले नैतिकता देखाउनु पर्दैन ?’

कुलिङ पिरियडमा भएको त्रुटि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कुलिङ पिरियडसम्बन्धी त्रुटिमा सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

खतिवडाले भने आफ्नो नाम किटान नभएको भन्दै राजीनामा नदिने बताइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्