२९ जेठ २०८३, शुक्रबार
बर्दियाको योजना डडेल्धुरा !

कांग्रेस सांसदले दिए आफ्नै सरकारविरुद्ध सत्याग्रहको चेतावनी

साउन २१, २०८२
काठमाडौं
कांग्रेस सांसदले दिए आफ्नै सरकारविरुद्ध सत्याग्रहको चेतावनी

आफ्नो जिल्लाका लागि छुट्याइएको आयोजना सभापति शेरबहादुर देउवाको गृहजिल्लामा लगिएको भन्दै कांग्रेस सांसदले सरकारविरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद सञ्जय गौतमले बर्दियाको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा लगिएको आरोप लगाएका हुन् ।

‘अन्याय भयो, सभामुख महोदय ! सरकारले सुन्दा पनि सुनेन, देख्दा पनि देखेन । बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेल्धुरा पुर्‍याइयो’, गौतमले भने, ‘मैले बारम्बार सदनमा भनेँ सरकार सुन्दैन, मेरो कुरा सुनोस् । होइन भने आफ्नै सरकारको विरुद्धमा म सत्याग्रहको रूपमा उभिन्छु । यहीँबाट घोषणा गर्न चाहन्छु ।’

यसअघि पप्पु कन्स्ट्रक्सनले बर्दियामा बनाइरहेको पुल गुणस्तरहीन भएको भन्दै गौतम सत्याग्रहमा बसेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्