२५ जेठ २०८३, सोमबार

शेयर बजारमा सामान्य गिरावट, ७ अर्बको कारोबार

साउन २१, २०८२
काठमाडौं
शेयर बजारमा सामान्य गिरावट, ७ अर्बको कारोबार

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सामान्य घटेको छ ।

बुधबार नेप्से परिसूचक १.९४ अङ्कले घटेर २८३२.०६ को विन्दुमा कायम भएको हो ।

आज बजारमा २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन मङ्गलबार परिसूचक ४१.७८ अङ्कले घटेर २८३३.५७ को विन्दुमा बन्द भएको थियो । 

आजको कारोबारमा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

त्यसै गरी कारोबारका आधारमा ङादी ग्रुप पावर २९ करोड ४५ लाख ५७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्