१७ असार २०८३, बुधबार

गायक पशुपति शर्मा सवार कार दुर्घटना

साउन २१, २०८२
काठमाडौं
गायक पशुपति शर्मा सवार कार दुर्घटना

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जाको भीरकोटमा दुर्घटनामा परेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।

पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा शर्मासहित चार जना सामान्य घाइते भएका छन् । गायक शर्माको देब्रे हातको कान्छी औँलामा चोट लागेको छ ।

शर्मासँगै कारमा लोकगायकहरू शिव हमाल, घनश्याम रिजाल र गायिका कमला गैरे सवार थिए ।

सांगीतिक कार्यक्रमको शिलशिलामा शर्मा स्याङ्जा पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्