१४ असार २०८३, आइतबार

एमएफए उपाधि विजेता रवीन्द्र ढाँटलाई शीतल निवासमा सम्मान

साउन २१, २०८२
काठमाडौं
एमएफए उपाधि विजेता रवीन्द्र ढाँटलाई शीतल निवासमा सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’को उपाधि विजेता एमएमए फाइटर रवीन्द्र ढाँटलाई सम्मान गरेका छन् ।

बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा रवीन्द्रका लागि सम्मान कार्यक्रम राखिएको थियो । 

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढेको उल्लेख गरे ।

समारोहमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रपति पौडेलले ढाँटको खेल कौशल, सामर्थ्य र खेलप्रतिको समर्पणको उच्च प्रशंसा गरे ।

त्यसक्रममा ढाँटले खेलको विकास लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले धेरै युवाहरू एमएमए (मिक्स्ड मार्सल आर्ट्स)मा केही गर्न खोजीराखेको समेत उल्लेख गरे ।

रवीन्द्रले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्